२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

बुधवार , कार्तिक २८, २०८१

कास्की । माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेलापरेको छ ।

मर्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा नुवाकोटको काल्चे–१ का ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भए ।

तामाङको खोजीका लागि गएको उद्धार टोलीले मर्दीको पाँच हजार ३०० मिटर उचाइमा तामाङको शव फेला पारेर राति पुनः मर्दी आधार शिविर फर्किएको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।

उद्धार टोलीमा लाक्पाछिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पा रहेका थिए। अन्य टोली भने मर्दी हाइक्याम्पमा रहेका छन् । “भिरको खोंचमा हिउँले पुरिएको शवलाई डोरीको सहायताले दुई सय मिटरमाथि ल्याएर सुरक्षित राखेर उद्धार टोली फर्किएको छ, उहाँहरूका अनुसार सो स्थानबाट शव ल्याउन सकिने अवस्था छैन, हेलिकप्टरबाट ल्याउनुको विकल्प छैन, त्यसका लागि पहल गरिरहेका छौँ”, वडाध्यक्ष क्षेत्रीले भने ।

मर्दी आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई तामाङ लडेर हराएको जानकारी दिएपछि उद्धारका लागि मंगलबार बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका थिए ।

टोलीले सुरुमा हेलिकप्टरबाट घटनास्थलको निरीक्षणपछि उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थलतर्फ गएका थिए । मर्दीको भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारणले बेपत्ताको खोजीमा समस्या भएको बताइन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट