२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

नेकपाका पोलिटब्युरो सदस्य डी.बी. कार्कीसहित ६ केन्द्रीय सदस्य एमालेमा

बिहिवार , आषाढ २५, २०८३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डी.बी. कार्कीसहित ६ जना केन्द्रीय सदस्य नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

1d2b4258-bfe3-468d-b549-5aff44f7dc4e.jpg

एमाले प्रवेश गर्नेहरूमा नेकपाका केन्द्रीय सदस्य राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) रहेका छन्।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार पोलिटब्युरो र केन्द्रीय सदस्यहरूका साथै नेकपाका विभिन्न तह र कमिटीमा आबद्ध अन्य नेताहरू पनि एमालेमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमाले राष्ट्रिय शक्ति निर्माण र राजनीतिक स्थायित्वको पक्षमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीलाई अझ सुदृढ बनाउन सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट