२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

विश्वकपमा छनोट हुन युएईविरुद्ध नेपाललाई ८४ रनको चुनौती

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा घरेलु टोलीले नेपालसामु ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो ।

युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिए ।

५ खेलमा शत प्रतिशत जित निकाल्दै यूएई शीर्ष र ४ खेलमा जित र एक हारसहित नेपाल दोस्रो स्थानमा छन् ।

पहिलो स्थानमा रहने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट