२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिन्छ : मुख्यमन्त्री सिंह

बुधवार , कार्तिक २८, २०८१

वीरगञ्ज (पर्सा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताएका छन् ।

नारायणी रङ्गशाला परिसरमा रहेको उक्त मैदान निरीक्षण गर्दै आज उनले वर्षौंदेखिको मुआब्जा विवाद आफ्नै कार्यकालभित्र टुङ्गो लगाउने प्रतिबद्धता जनाएका हुन् ।

“आजै म काठमाडौँ जाँदैछु, सङ्घीय युवा तथा खेलकुदमन्त्रीसँग भेटेरै मुआब्जा विवाद सम्बन्धी फाइल अर्थ मन्त्रालय पठाउन आवश्यक पहलकदमी गर्नेछु”, उनले भने, “राज्यको न्यून लगानीको बाबजुद पनि खेलाडीले मेहनत गरिरहनुभएको छ । खेलाडीको प्रोत्साहनका लागि प्रदेश सरकारले पनि हातेमालो गरेर अघि बढ्न चाहान्छ ।”

उनले प्रदेश सरकारसँग सीमित स्रोतसाधन भएकाले पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए । “प्रदेश सरकारले क्रिकेट मैदानका लागि थोरै बजेट विनियोजन गरेको छ । सो बजेट पर्याप्त छैन । यद्यपि आगामी आवको बजेटमा थप गर्नेछौँ”, उनले भने ।

क्रिकेट स्ङ्घ पर्साका अध्यक्ष मनिष सिंहले मुआब्जा विवादका कारण क्रिकेट मैदानलाई तारजालीले घेराबेरा गर्न समेत नसकेको गुनासो गरे । “करिब चार कट्ठा जग्गाको मुआब्जा विवाद टुङ्गो नलाग्दा मैदान संरक्षणको काम गर्न समस्या भइरहेको छ”, उनले भने, “हालसालै वीरगञ्ज क्रिकेट मैदानको ‘पिच’लाई स्तरोन्नति गरी खेल्न मिल्ने बनाइसकेका छौँ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट