२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

बिजुली बक्यौता महशुल तिर्न उद्योगलाई मंसिर १२ सम्मको समय, नतिरे लाइन काट्ने

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट बिजुली लिएका उद्योगलाई १५ दिनभित्र बक्यौता भुक्तानी गर्न भनेको छ । प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली लिएका उद्योगलाई बिल पठाएको जनाएको छ । प्राधिकणले मंसिर १२ गतेभित्र महशुल बक्यौता बुझाउन भनेको हो ।

मन्त्रिपरिषदको आइतबार भएको निर्देशन तथा मंगलबार बसेको सञ्चालक समितिको ९ सय ८७ औं बैठकबाट बक्यौता महशुल १५ दिनभित्र असूल गर्ने निर्णय भएको जानकारी प्राधिकरणले दिएको छ ।

वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगहरुको २०७२ माघदेखि २०७५ वैशाखसम्म टाइम अफ डे (टिओडी) मिटरमा रेकर्ड भएको डिमान्ड तथा टि वान, टि टु र टि थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत ऊर्जाका आधारमा गणना गरिएको छुट बिल पठाइसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । बक्यौता महशुल भुक्तानी नभए नियमानुसार कारबाही हुने चेतावनी प्राधिकरणले दिएको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने बताएका छन् । बुधबार प्राधिकरणमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारले १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको छ, अब हामी सो अवधिभित्र बक्यौता उठाउँछौं, १५ दिन भित्र बक्यौता नतिरेमा फेरि कानूनी प्रक्रियामा अगाडि बढ्छौं ।’ उनले १५ दिनभित्र बक्यौता नउठे त्यसको जिम्मा सरकार र ऊर्जा मन्त्रालयले पनि लिनुपर्ने बताएका छन ।

प्राधिकरणबाट डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएकामध्ये २८ बाहेक अन्य उद्योगीले नियमित महसुल तिरिरहेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले ठूला घरानाका उद्योगले महसुल नतिर्दा ग्राहकले पनि तिर्न गाह्रो मानिरहेको बताए ।

यो पनि : 

उद्योगमा बिजुली लाइन जोड्ने मन्त्रिपरिषदको निर्णय

विद्युत प्राधिकरण सञ्चालक समिति बैठक : उद्योगमा काटिएको लाइन जोड्ने निर्णय

उद्योगीहरूले १५ दिनभित्र बिल नतिरे फेरि लाइन काट्छु : कुलमान घिसिङ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट