२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक छ : अध्यक्ष दाहाल

शनिवार , मंसिर १, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताए ।

उनले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भुमिका खेल्नुपर्ने जरुरी रहेको बताए । उनले संविधान सभाबाट संविधान बनाउँदा आफूहरुले भनेको जस्तो संविधान नबनेको बताए । उनले अहिलेको सरकारको उद्देश्य सुशासनको नभइ भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाए ।

उनले भने, ‘अहिले देशमा एकपटक फेरि हामीले एउटा नयाँ आन्दोलनको सूत्रपात गर्नुछ । नयाँ समाजवादी आन्दोलनको । नयाँ उत्पादन आन्दोलनको सूत्रपात गर्नुछ । यो नयाँ समाजवादी आन्दोलन, उत्पादनको आन्दोलनमा हामीले अग्रणी भुमिका निर्वाह गर्नुपर्छ । हामीले संविधान सभाबाट संविधान बनाउँदै गर्दा हामीले भनेको जस्तो संविधान बनेको होइन ।

हामीले केही कुरा रिजर्भ राखेर, केही कुरा नोट अफ डिसेन्ट राखेर, शासकीय स्वरुपको बारेमा होस्, निर्वाचन प्रणालीको बारेमा होस्, पहिचानको मुद्दामा होस्, हामीले आफ्ना केही कुरा थाँती राखेर संविधान सभाको माइन्युटमा हाम्रो भिन्न मत दर्ता गराएका थियौँ । तर त्यतिबेला देशको आवश्यकता, हाम्रो आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकताले गर्दा केही कम्परमाइज गरेका थियौँ ।’

अध्यक्ष दाहालले भ्रष्टाचारीहरुलाई कारबाही गरेबापत आफू सरकारबाट हट्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट