२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

४ करोडमा अग्लुङफेदीमा पक्की पुल निर्माण सुरु

आइतवार , मंसिर २, २०८१

प्यूठान । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङफेदी खोलामा दुई लेनको मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ ।

प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकावासीको सहजतासँगै बाग्दुला भीमगिठे सडकखण्डमा पुल निर्माण सुरु गरिएको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए ।

उनका अनुसार सडक पूर्वाधार विकास कार्यालयसँग एम÷एस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीले २०८१ मङ्सिर ८ गते निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरेको हो । चार करोड १४ लाख २९ हजार नौ सय ७९ रुपैयाँमा पुल निर्माण हुनेछ ।

पुलको फाउण्डेशन तयार गरी शनिबार शिलान्यास गरिएको हो । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

मन्त्री ढकालले तोकिएकै समयमा कार्यसम्पन्न गर्न निर्देशन दिए । सरकारले देखिने र महसुस हुनेगरी विकास निर्माणको काम अघि बढाएको उनले बताए ।

सहकारीमन्त्री पन्थीले विकट बस्तीलाई विकासको मूलधारमा ल्याउन सरकारले प्राथमिकतामा राखेको बताए । पक्की पुलको शिलान्यास भएसँगै प्यूठानको गौमुखी र गुल्मीको अग्लुङफेदी बासिन्दामा खुसी छाएको छ ।

निर्माण व्यवसायी विजय खनालले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट