२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

लायन्स क्लबले गर्ने सामाजिक कार्यमा सहकार्य गर्न महासंघ तयार : अध्यक्ष ढकाल

आइतवार , मंसिर २, २०८१

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लायन्स क्लबले गर्ने सामाजिक कार्यमा उद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार रहेको बताएका छन् ।

बागलुङमा आयोजना भएको लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठकमा बोल्दै ढकालले लायन्स क्लबले गरेको सेवाका बारेमा जति प्रशंसा गरे पनि नपुग्ने बताए ।

उनले लायन्स क्लबले गर्ने सामाजिक कार्यमा उद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार रहेको धारणा राखे ।

धौलागिरी क्षेत्रका सबै क्लबहरुको संयुक्त आयोजनामा भएको दोस्रो क्याबिनेट बैठक कार्यक्रममा मल्टिपल डिष्ट्रिक्ट हंगर कोअर्डिनेटर लायन योगेन्द्र प्रधान, फस्ट पर्सन तथा मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सन चियरपर्सन लायन ध्रुब बहादुर थापा, आईपिडीजी लायन हरिप्रसाद मरहट्टा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली लगायतका लायन्स लिडरहरुको उपस्थित रहेको थियो ।

बैठकमा सबै लायन लिडरहरुलाई शुभकामना दिँदै सेवाका गतिविधि बढाउन आग्रह गरिएको थियो । जिल्लाका विभिन्न पदमा सक्रिय लायन लिडरहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट