बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

चार देशका राजदुतहरुले लिए राष्ट्रपति पौडेलबाट शपथ ग्रहण

चार देशका राजदुतहरुले लिए राष्ट्रपति पौडेलबाट शपथ ग्रहण

काठमाडौं । चार देशका राजदुतहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पाकिस्तान, कतार, इजरायल र जनवादी गणतन्त्र चीनका लागि अनुमोदित राजदुतहरुलाई आईतवार शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण गर्ने राजदुतहरुमा कतारका लागि अनुमोदित रमेशचन्द्र पौडेल, इजरायलका लागि अनुमोदित प्राध्यापक धनप्रसाद पण्डित, जनवादी गणतन्त्र चीनका लागि अनुमोदित प्राध्यापक डा. कृष्णप्रसाद ओली र पाकिस्तानका लागि अनुमोदित रिता धिताल छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend