२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत हो : राष्ट्रपति पौडेल

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताएका छन् । मंगलाबार शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको रजत वर्षको अवसरमा आयोजित शंखधर दिवस कार्यक्रमा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले ऐतिहासिक कालदेखि नेपाली जनताको धार्मिक सांस्कृतिक र सामाजिक जीवनसँग सामिप्य रहँदै आएको नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताए । उनले आफ्नै नामबाट स्थापित विश्वको एउटै मात्र संवत नेपाल संवत भएकाले सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएको बताए ।

राष्ट्रपति पौडेलले बहुभाषिक,बहुसांस्कृतिक र बुहजातिय मुलुक नेपालको संस्कृती विविधतालाई एकताको सूत्रमा बाँध्न नेपाल संवतको भुमिका महत्वपूर्ण रहेको बताए । उनले मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग लामो समय सामिप्य रहँदै आएको नेपाल संवतको आरम्भ गर्ने शंखधर साख्वाः लोक कल्याण एवं परोपकारी भावनाका शिखर पुरुष भएको बताए ।

उनले नेपाल संवतको ऐतिहासिक सम्बन्धित कर्मगाथा आफैँमा गरिमामय रहेको उल्लेख गरे । उनले लिञ्छविकालिन राजा बलदेवको समयमा ऋणमा डुबी आर्थिक संकटको सामना गरिरहेका तत्कालिन गरिब, किसान मजदुर जनतालाई शंखधर साख्वाःले आफ्नै सम्पतिबाट ऋणबाट ऋण मुक्त गरी नयाँ नेपाल स्थापना गरी नेपाल संवत स्थापना गरेको उपलक्ष्यमा सम्वतको प्रारम्भ भएको बताए ।

उनले भने, ‘ऐतिहासिक कालदेखि नेपाली जनताको धार्मिक सांस्कृतिक र सामाजिक जीवनसँग सामिप्य रहँदै आएको नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत हो । आफ्नै नामबाट स्थापित विश्वको एउटै मात्र संवत भएको कारणले सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि हो ।

बहुभाषिक,बहुसास्कृतिक र बुहजातिय मुलुक नेपालको संस्कृती विविधतालाई एकताको सुत्रमा अक्षुणपूर्वक आवद्ध राख्न नेपाल सम्वत्को भुमिका महत्वपूर्ण छ । मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग लामो समय सामिप्य रहँदै आएको नेपाल संवतको आरम्भ गर्ने शंखधर साख्वाःलोक कल्याण एवं परोपकारी भावनाका एक शिखर पुरुष हुनुहुन्छ । नेपाल सम्वत्को ऐतिहासिक सम्बन्धित कर्मगाथा आफैमा गरिमामय रहेको पाइन्छ ।

लिञ्छविकालिन राजा बलदेवको समयमा ऋणमा डुबी आर्थिक संकटको सामना गरिरहेका तत्कालिन गरिब किसान मजदुर जनतालाई उदार हृदय भएका शंखधर साख्वाःले आफ्नै सम्पतीबाट ऋणबाट ऋण मुक्त गरी नयाँ नेपाल स्थापना गरी नेपाल संवत स्थापना गरेको उपलक्ष्यमा संवतको प्रारम्भ भएको थियो । शंखधर साख्वाःले स्थापना गर्नुभएको लोककल्याणकारी कार्य तत्कालिन समाजको लागि क्रान्तिकारी कदम थियो । उहाँको यो कदम आजका दिन पनि सबैका लागि प्रेरणादायी छ ।’

उनले शंखधर साख्वाःले स्थापना गरेको लोक कल्याणकारी कार्य तत्कालिन समाजको लागि क्रान्तिकारी कदम भएको उल्लेख गरे । उनले शंखधरको यो कदम आजका दिन पनि सबैका लागि प्रेरणादायी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट