बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

माइतीघरमा सहकारीपीडितको प्रदर्शनमा प्रहरी र पीडितबीच झडप

माइतीघरमा सहकारीपीडितको प्रदर्शनमा प्रहरी र पीडितबीच झडप

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप भएको छ । पीडितहरु वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीको बलप्रयोगमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend