जापान- मोरंगको मिक्लाजुङ्ग गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले जापानका सांसद कुबोटा तेत्सुयासंग भेटघाट गरेका छ्न ।
जापानको स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणमा स्पेसटाउन शहरसंग भगीनी सम्बन्ध कायम गर्न जापान आएका राईले जापानका प्रभावशाली सांसद कुबोटासंग भेटघाट गरेका हुन्।
मोरंगको मिक्लाजुङ्ग गाउँपालिका र स्पेसटाउन बीच कायम हुन् लागेको भगीनी सम्बन्ध दिगो र प्रभावकारी बनाउन र दुई पालिका बिचको सहयोग आदान प्रदान जारी राख्न आफुले सकारात्मक पहल गर्ने बताए ।
भेटमा अध्यक्ष राईले मिक्लाजुङ्गको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्न सांसद कुबोटालाई आग्रह गरेका थिए।
उक्त भेटमा मोरंग क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा मोरंगकै कांग्रेस नेता चिरन्जीवी थापा तथा व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो ।