२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । समिति सभापति तुलसाकुमारी दाहालले मस्यौदा प्रतिवेदनउपर लामो समयको छलफलपछि पारित गरेको जानकारी गराइन् । कार्यअनुभवका आधारमा प्रतिवेदनउपर छलफल गरी पारित गरेको उनले बताइन् ।

उनले भनिन्, ‘कर्मचारीहरुको सरुवा बढुवा र पदावधि लगायतको निर्णय गर्ने अधिकार समावेश भएको उक्त प्रतिवेदन आजको समिति बैठकबाट पारित भएको छ । कार्यअनुभवका कुराहरु हामीले पास गरिसकेका छौं । सोही सहमतिअनुसार उक्त प्रतिवदेदन सर्वसहमतिबाट पास भएको घोषणा गर्दछु ।’

प्रतिवेदनमा रहेका केही बुँदाहरु भने पुनः छलफल गरी अघि बढाइने सभापति दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट