शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

जनताका कामप्रति जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छ : अध्यक्ष दाहाल

जनताका कामप्रति जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छ : अध्यक्ष दाहाल

दमौली (तनहुँ) । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा आज जनप्रतिनिधिसँगको भेटघाट एवं स्वागत कार्यक्रममा दाहालले जनताको सेवाका लागि जनप्रतिनिधिले दिनरात नभनी काम गर्नुपर्ने बताए ।

दाहालले भने, “जनतालाई कसरी सेवा दिन सकिन्छ भन्नेतर्फ जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छ । जनमुखी कामका लागि योजना बनाएर अगाडि बढ्नुपर्छ ।” आँबुखैरेनी गाउँपालिकाले गरेका कामकारबाहीबारे आफू जानकार रहेको भन्दै दाहालले आँबुखैरेनी गाउँपालिकाको सिको अन्य पालिकाले गर्नुपर्नेमा जोड दिए ।

दाहालले भने, “आँबुखैरेनीमा शुक्र चुमानले गरेजस्तै काम अन्य पालिकाले गर्नुपर्छ भनेर मैले भन्दै आएको छु । उहाँको कामबाट प्रभावित छु ।” उनले आँबुखैरेनी अस्पतालमा आवश्यक उपकरणको व्यवस्थापनका लागि पहल गर्ने बताए । आफू प्रधानमन्त्री हुँदा उक्त अस्पतालको उद्घाटन भएको र केही प्रक्रियाका कारण उपकरणमा ढिलाइ भएको भन्दै उनले भने, “प्रक्रिया मिलाएर छिटो उपकरण व्यवस्थापन गर्नेतर्फ मेरो ध्यान जानेछ ।”

त्यसक्रममा गाउँपालिकाका अध्यक्ष चुमानले अस्पतालले सञ्चालन गरेको अस्पताल, हाटबजारलगायत विकास निर्माणका कामबारे अध्यक्ष दाहाललाई जानकारी गराएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend