२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

आज २०८१ साल मंसिर ७ गते शुक्रबारको राशिफल

शुक्रवार , मंसिर ७, २०८१

मेष : अचानक धन खर्च हुनसक्छ। खर्च कटौती गर्नुपर्ने दिन छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारले भन्दा साथीभाइको साथ मिल्नेछ। राम्रो काममा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

वृष : दाजुभाइको सल्लाह लिएर अगाडि बढेको खण्डमा दिन सहज बन्नेछ। राम्रो बोलौं भन्दाभन्दै साथीले शब्दको अर्थ उल्टो लगाउने जोखिम रहेको छ। कृषि र फलफूलको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। साथीभाइले सहयोग गर्नेछन्। राम्रो काम गरेको भए चौतर्फी साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा भने आरोपको सामना गर्नुपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। उपचारकोक्रममा भए सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुनेछ। राज्यको तर्फबाट भय हुनेछ। परिवारले साथ दिनेछन्। साथीको सहयोगमा दिन राम्रो बन्नेछ।

सिंह : सञ्चित धन खर्च हुनेछ। खर्चको उपयोग गर्नुपर्ने समय छ। विदेशको रमझमले मन तान्ने छ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा सुख र शान्ति रहने दिन छ। सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। पशुपन्छी र फलफूलको व्यापारमा फाइदा हुनेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। साथी साथ दिएको मौकामा महत्त्वपूर्ण काम गर्नु राम्रो हुनेछ। परिवारमा सहज वातावरण बन्नेछ।

तुला : परिवारको सल्लाह लिएर अगाडि बढ्नुभयो भने दिन सहज बन्नेछ। परोपकारमा अग्रसर हुनेक्रममा परिवारलाई समय दिन नसक्दा खटपटी हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : दिन सहज छ। आफूभन्दा ठुलासँगको संगतले तपाईंको काम सार्थक बन्नेछ। साना कुरामा नअल्झिनु राम्रो हुनेछ। स्वदेशमा रोजगारीका विकल्प सिर्जना हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : बोलीमा सरस्वतीको बास छ। सोचेर बोल्नु राम्रो हुनेछ। राज्यका उच्च पदसम्म तपाईंको हात हुनेछ। साथीभाइको सहयोगले काम सहजै बन्नेछ। साना कुरामा अल्झिएमा खटपटी बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

मकर : दिन सामान्य छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती र आलस्यता बढ्नेछ। परिवारको उचित सल्लाह ग्रहण गर्नु राम्रो हुनेछ।

कुम्भ : मन अशान्त बन्नेछ। बिहान उठेर शिवको भजन वा पिपलको दर्शन गर्न सकेमा दिन सहज बन्नेछ। खानपानमा ख्याल नगरेमा रोगले सताउने छ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

बौद्धिक व्यक्तिसँग सल्लाह गरेर अगाडि बढेमा दिन सहज बन्नेछ।

मीन : शुभग्रहको बहुमत छ। मन खुशी हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट