२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

सरकारलाई कसैले हल्लाउन सक्दैन, ०८४ सम्मै अहिलेकै समीकरण रहन्छ : प्रधानमन्त्री ओली

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले २०८४ सम्मै अहिलेकै समीकरण रहिरहने दाबी गरे । प्रधानमन्त्री ओलीले एमालेलाई र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताउँदै कुनै कमिसनखोर, भ्रष्टाचार र आफ्ना मान्छे भर्ती गर्न यो सरकार नबनेको बताए ।

प्रधानमन्त्री ओलीले सरकार ढल्ने भ्रममा नपर्न आग्रह समेत गरे । सरकारको आयुबारे बोल्दै ओलीले अबको १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्ने बताए । उनले भने, ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनुहुन्छ ।’

सरकार दशैँ, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरुले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम फैलाउने काम गरिरहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले सरकार आगामी २०८४ साल मंसिरमा हुने निर्वाचनसम्म कायमै रहने दाबी गरे ।

२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहने प्रधानमन्त्री ओलीको भनाई थियो । शुक्रबार काठमाडौंमा नेकपा (एमाले) काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले संयुक्त रुपमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले अवको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै उनले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरुले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अफ्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता मच्याएर समाजलाई भाँड्ने प्रयासलाई सरकारले असफल बनाउने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट