२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

नेपाल एलडिसीको तर्फबाट जलवायु अनुकुलन कोषको सदस्यमा पुनः मनोनित

शुक्रवार , मंसिर ७, २०८१

अजरबैजान-बाकु । नेपाल अल्पविकसित राष्ट्रहरुको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकुलन कोषको सदस्यको रुपमा पुनः मनोनयन भएको छ ।

अजरबैजानको बाकुमा जारी जलवायु सम्मेलनको क्रममा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीको व्यवस्थाअनुसार अनुकुलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा मनोनित भएका हुन् ।

बोर्ड सदस्यको लागि शर्मालाई नेपाल सरकारले प्रस्ताव गरेको थियो । एलडिसी समूहले शर्मालाई सन् २०२५–२०२६ का लागि बोर्ड सदस्यको रुपमा मनोनयन गरेको हो । यो मनोनयनपछि नेपाललाई अनुकुलन कोषमा पहुँच बिस्तारका लागि सहज हुने र कार्यक्रम स्वीकृत गरी बजेट ल्याउन सहजीकरण हुने मनोनित सदस्य शर्माले बताए ।

उनले भने, ‘जलवायु अनुकुलन कोषको बोर्ड सदस्यको रुपमा पुनः कार्य गर्न पाउँदा खुशी लागेको छ । नेपालसहित अन्य ४४ राष्ट्रको अनुकुलन सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न बजेट र कार्यक्रम स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गर्ने भुमिकामा मैले सहजीकरण गर्नेछु ।’

शर्माले यसअघि पनि सन् २०२२ देखि २०२४ सम्मका लागि बोर्ड सदस्यको रुपमा काम गरिसकेका छन् । अझै पनि जलवायु अनुकुलन कोषको वैकल्पिक सदस्य, आर्टकर्टकल ६ दशमलव ४ को वैकल्पिक सदस्य,स्थानीय समुदाय तथा आदिवासीसँग सम्बन्धित समूहको वैकल्पिक सदस्य, हरित जलवायु कोष सदस्य,प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि समितिको सदस्य पद रिक्त छ ।

नेपालले यी पदमा क्षमतावान व्यक्तिलाई सदस्य बनाउने गरी पहल गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट