२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

घरघरमा सुरक्षित खानेपानीको धारा पाउँदा सोरुका स्थानीय दंग

आइतवार , मंसिर ९, २०८१

मुगु । मुगुको सोरु पालिकाका बिभिन्न बस्तिका घरघरमा सुरक्षित खानेपानीको धारा पाउँदा स्थानीय दंग छन । नेपाल सरकारले २०३० सम्ममा सुरक्षित खानेपानी घरघरमा पुर्याउने लक्ष्य लिएको छ ।

त्यसै अनुरूप ब्याक टु लाईभ ईभि नेपालको आर्थिक सहयोग, कर्णाली सामुदायिक बिकास केन्द्र (केसिडिसी) को साझेदारी र सोरु गाउँपालिकाकाको समन्वयमा पालिकाका वडा नं ७ का ३ वटा गाउँ बस्तीमा एक घर एक धारा निर्माण गरिएको छ। जसमा वडा नं ७ भित्र का ख्याल्चमा ७५ घर, सिरुपाटामा २२ घर र गयलपानिमा ३८ घरमा गरि १ सय ३५ घरमा धारा निर्माण भएका छन् ।

सधैँ पानी लिन घरबाट आधा घण्टा हिँडेर पानीको जोहो गदै उमेर ढल्किएकी ख्याल्च गाउँकी चैती बुढा घरमै पानी आएपछि दंग छिन् । बुढाका अनुसार विगतका दिनमा घण्टौँ हिँडेर पानी बोक्नु पर्ने बाध्यता थियो । उनले अहिले घर घरमा धारा आएपछि पानी बोक्नु नपरेको बताइन् ।

पुस्तौँदेखि गाउँबाट टाढा रहेका खोलाको पानी खाँदै आएका स्थानीय अहिले सुरक्षित खानेपानीको धारा घर नजिक पाएपछि दंग छन् । घरघरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीहरूलाई भएको छ । खानेपानीको सहज पहुँच सँगै सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको कर्णाली सामुदायिक बिकास केन्द्र (केसिडिसी ) मुगुका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरिजङ्ग शाहीले बताए ।

प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् । प्रत्येक घरलाई सुरक्षित खानेपानीको धारा निर्माण भएपछि सुरक्षित खानेपानी युक्त समुदाय निर्माण घोषणको लक्ष लिइएको सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए । उनका अनुसार सन २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने संकल्प गरेको छ । सोही संकल्प लाई सार्थकता तुल्याउन सोरु गाउँपालिकाले विभिन्न सङ्घ संस्थासँग समन्वय गरी एक घर एक धारा निर्माण अभियान थालेको शाहीले बताए ।

उनका अनुसार सोरु गाउँपालिका भित्र ब्याक टु लाईफ ईभी नेपालको आर्थिक सहयोग र कर्णाली सामुदायिक बिकास केन्द्र (केसिडिसी) मुगुको प्राविधिक सहयोगमा स्वास्थ्य, शिक्षा लगायत बिभिन्न क्षेत्रमा अतुलनिय योगदान समेत पुर्यायकाले धन्यवाद दिदै आगामि आउने दिनमा यस्तै स्वास्थ्य, शिक्षा लगायत बिभिन्न क्षेत्रमा सहयोगको अपेक्षा समेत गरेको बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट