सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

फोहर गरेको भन्दै एमालेलाई गरिएको जरिवानाको पत्र बुझाउँदै महानगर

फोहर गरेको भन्दै एमालेलाई गरिएको जरिवानाको पत्र बुझाउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई गरिएको जरिवानासम्बन्धी पत्र औपचारिक रूपमा बुझाउने भएको छ ।

महानगरपालिकाले आइतबार एमाले पार्टी कार्यालय च्यासलमा पुगेर जरिवानासम्बन्धी पत्र बुझाउन लागेको हो ।

महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।

फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।

उक्त पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरू एमाले पार्टी कार्यालय पुग्ने भएका हुन् । शुक्रबार पत्र काटिएको थियो । तर पार्टीलाई औपचारिक रूपमा बुझाउन बाँकी थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend