२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

काठमाडौं महानगरको जरिवानाको पत्र एमालेले लिन मानेन

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । नेकपा एमालेले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको थियो ।

सो जरिवाना पत्र बुझाउन आज महानगरको एक टोली एमाले पार्टी कार्यालयमा नै पुगेको छ । तर पत्र दिन खोजे पनि एमालेले दर्ता गर्न मानेन ।

महानगरले यसअघि दिएको पत्रमा एमालेले ‘रेस्पोन्स’ नगरेपछि मेयर बालेन शाहले अर्को पत्र दिएर टोली पठाएका हुन् ।

एमाले कार्यालयमा नगरप्रहरी सचिव महानगरका कर्मचारी पुगेका थिए । कार्यालयका कर्मचारीले यो विषय आफूहरूसँग असम्बन्धित भन्दै महानगरको सो टोलीलाई फर्काइदिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट