२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

आज २०८१ साल मंसिर १० गते सोमबारको राशिफल

सोमवार , मंसिर १०, २०८१

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनसक्छ। दाजुभाइबाट असहयोग हुनेछ। नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ। खानपानमा समस्या हुँदा स्वास्थ्यमा समस्या हुनेछ। भोलिको सफलता सम्झिएर मन खुशी हुनेछ। रोगसँग लड्ने क्षमताको विकास हुनेछ।

वृष : पञ्चम भावमा चन्द्रमा भएकाले शिक्षाका क्षेत्रमा अघि बढ्ने अवसर मिल्नेछ। साथीसँग तर्क गर्नु भन्दा आफ्नो काममा अगाडि बढ्नु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुन : सानो कुराले दुःखी बनाउने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। पठनपाठनमा जोस र जाँगर बढ्नेछ। परिवारमा मनमुटाव हुने भएकाले तर्क नगर्नु राम्रो हुनेछ।

कर्कट : दिन सहज छ। बन्धुसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ। साथीसँगको सम्बन्ध सामान्य रहनेछ।

सिंह : दिन राम्रो छ। साथीको साथ लिएर नयाँ कामको सुरुवात गर्दा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या बढ्नसक्छ। निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट उन्नति हुनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

कन्या : चन्द्रमा तपाईंका राशिमा भ्रमण गर्दैछन्। बोलीका प्रभावले राम्रा काम बन्नेछन्। राज्यको तर्फबाट राहत मिल्नेछ। सामाजिक क्षेत्रमा अगाडि बढ्नु फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : सञ्चित धन खर्च हुनेछ। विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। दाजुभाइको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। पुरुषसँगको भन्दा समाजका महिलासँगको सहकार्य सफल हुनेछ।

वृश्चिक : दिन सहज छ। ११ औं स्थानमा चन्द्रमा पुगेकाले आम्दानीका स्रोत सुदृढ रहेका छन्। मसिना कुरामा अल्झिनाले समस्या हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले भने साथ दिनेछ।

धनु : दिन राम्रो छ। भाग्यका स्थानमा चन्द्रमा पुगेकाले प्रष्ट वक्ता बन्नु फाइदाजनक हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। बौद्धिक व्यक्तिको साथ प्राप्त नहुँदा मन दुःखी भए पनि स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : दिन सामान्य छ। तपाईं साढेसाती दशा भोग्दै हुनुहुन्छ जसका कारण तपाईंले गरेको राम्रो कामको जस अरुले लिनसक्छन्। राज्यले तपाईंमाथि अन्याय गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। पुराना साथीको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : जुनसुकै काममा झन्झट आइपर्न सक्छ। खानपानमा ख्याल नगर्नाले रोगले सताउने जोखिम छ। सामाजिक सेवामा भने तपाईंले अवसर प्राप्त गर्नुहुनेछ। परोपकारको क्षेत्रमा सक्रिय भएमा मन शान्त बन्नेछ।

मीन : सप्तम भावमा चन्द्रमा पुगेकाले मन खुशी हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीबाट ल्याएको धनबाट नाफा बढ्नेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट