बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

शहीदहरुको सपना पूरा गर्न कांग्रेस सधैं लाग्छ : सभापति देउवा

शहीदहरुको सपना पूरा गर्न कांग्रेस सधैं लाग्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरुका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

सोमबार जनकपुरमा पार्टीका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्दै उनले सो कुरा बताएका हुन् ।

२०१७ सालमा कू गरी राजा महेन्द्रले विपी कोईराला लगायतका नेता, कार्यकर्तालाई जेलमा कोचेपछि ठाकुरले उनीमाथि बम प्रहार गरेका थिए । सो घटनाको स्मरण गर्दै सभापति देउवाले जनताको अधिकार खोस्ने राजा महेन्द्रविरुद्ध बम हान्ने व्यक्ति ठाकुरले प्रजातन्त्र पुनःप्राप्तीको लडाईका देखाएको समर्पण सबैका लागि अनुकरणीय रहेको बताए ।

उनले जेलमा रहँदा आफूले ठाकुरलाई प्रजातन्त्रका लागि लडाई लड्नुपर्छ भन्ने अथक योद्धाको रुपमा भेटेको स्मरण पनि गराए । सभापति देउवाले ठाकुरको योगदानको उच्च सम्मान गर्दै पार्टीले उनको पत्नी मञ्जु ठाकुरलाई संविधान सभा सदस्य बनाएको र आगामी दिनमा पनि त्यस्तै अवसर दिने आश्वासन समेत दिए ।

सभापति देउवाले कांग्रेसले आफ्ना शहीदको हितमा सधैँ काम गर्दै आएको दाबी समेत गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend