२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौं : उपप्रधानमन्त्री सिंह

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन शहरी नीतिलाई मूर्त रुप दिन आवश्यक रहेको बताएका छन् ।

सोमबार विश्व शहर दिवस तथा विश्व सहरी योजना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले राष्ट्रिय सहरी नीतिलाई छिट्टै मन्त्रिपरिषद् बैठकबाट मूर्त रुप दिनुपर्ने भएकाले तदारुकताका साथ काम गरिरहेको बताए ।

उनले सहर निर्माणका क्रममा स्थानीय सरकार र अध्ययनशील युवाहरुका विचारहरुलाई समावेश गर्न आवश्यक रहेको बताए । उनले पुर्खाहरुले छोडेर गएको विरासतलाई सँगसँगै लगेर शहरी विकासका कामहरु गरेर विश्वलाई चिनाउनुपर्ने बताए । मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी शहर निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।

मन्त्री सिंहले भने, ‘सहरी विकासका योजना बनाउँदा अध्ययनशील युवाहरुबाट नयाँ आइडियाहरु आउने भएको कारणले गर्दा युवाहरुको संलग्नता अपरिहार्य छ । नेपालका सहरहरु कस्ता छन् भन्ने कुरामा समेत हामीले हेक्का राख्नुपर्दछ । संसारलाई देखाउन लायक हाम्रो पुरातात्विक कुराहरुले भरिभराउ हाम्रा शहरहरु हुन् । त्यसकारण हाम्रा पुर्खाहरुले छोडेर गएको विरासतलाई राम्रोसँग व्यवस्थित गरेर संसरालाई चिनाउनेतिर हामी लागनुपर्दछ ।

परापूर्व कालदेखि हामीले ओहोरदेहोर गर्दाखेरि आर्थिक क्रियाकलाप गर्ने ठाउँ काष्टमण्डप हो । आर्थिक क्रियाकलाप चलायन बनाउनका लागि शहरहरुमा के के गर्न सकिन्छ त्यो चाहीँ हामीले गर्नुपर्दछ । जुन हाम्रो शहरी नीति, २०८१ छ त्यसमा जोड दिएर हामीले अगाडि बढ्नुपर्दछ भन्ने लागेको छ । यसलाई मन्त्रिपरिषद्मा लगेर छिट्टै मूर्त रुप दिनुपर्दछ भन्ने लागेको छ ।

त्यसछि शहरी नितिको आधारमा शहरी ऐन बनाउन सकिन्छ । शहरी नीति पास भइसकेपछि शहरी ऐन बनाउन हामी तदारुकताका साथ काम गर्नेछौं भन्न चाहन्छु ।’

विश्वमा चलेको शहर विकासको ट्रेण्डलाई पछ्याउँदै सहरीकरणका योजना बन्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट