२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

रविलाई रिहा गर्न माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता-कार्यकर्ताहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएपछि रास्वपाका नेता-कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्।

रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले उनको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।

उनीहरुले रविलाई रिहा गर्न माग गरेका छन्। ‘रवि दाइलाई न्याय दे’, ‘रवि दाइलाई रिहा गर’ लगायतका प्लेकार्ड बोकेर उनीहरुले विरोध गरिरहेका छन् ।

पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि काठमाडौंमा ल्याउन तयारी भइरहेको छ।

लामिछानेलाई पछिल्लोपटक १५ दिनका लागि अदालतले म्याद थपेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट