२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

नेपालमा कल्पना गर्न नसकिने खालको परिवर्तनहरु भएका छन् : प्रधानमन्त्री ओली

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा रोजगारीको अवसर छैन भन्नेकुरा सही नभएको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर ट्रेड युनियन महासंघ (जिफन्ट) ले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा उपयुक्त खालको आकर्षक रोजगारीको अवसर भने नभएको सत्य भएको बताएका हुन् । नेपालमा रोजगारीको अवसर नभएर खाना नपाउने खालको हाहाकारस्थिति भयो भन्नेकुरा साच्चो नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले जनतालाई उपयुक्त खालको अवसर दिनका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्थालाई अघि बढाएको पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा जब अपरच्युनिटी छँदैछैन भन्ने होइन । उपयुक्त खालको भएन, आकर्षक खालको भएन । एउटा कुरा त्यो हो । जब अपरच्यूनिटी नपाएर नेपालमा खाना नै नपाउने हाहाकारको स्थिति भयो भन्ने होइन । तर उपयुक्त खालको मान्छेले भनेजस्तो जब अपरच्युनिटी भएन । भनेजस्तो आकर्षक इन्कम भएन, वचतको स्थिति भएन ।

यी कुराहरु साँचो हुन । जुन अवस्थालाई बदल्नु पर्छ । र हामीले नयाँ ठाउँमा पुग्नुपर्दछ । यिनै प्रयासहरु अन्तर्गतको प्रयासको हो सामाजिक सुरक्षा । योगदानमा आधारित सामाजिक सुरक्षा । ’

प्रधानमन्त्री ओलीले नेपालमा कल्पना गर्न नसकिने खालको परिवर्तनहरु भएको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट