सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मुलुकमा झुटको खेती गर्नेको कमी छैन : प्रधानमन्त्री ओली

मुलुकमा झुटको खेती गर्नेको कमी छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि मुलुकमा झुटको खेती गर्नेहरुको कमी नभएको टिप्पणी गरेका छन् ।

२०७२ सालयता एमाले नेतृत्वको सरकारले तिब्र गतिका साथ सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाएको लाजसराम नभएका बेइमान र झुटका खेती गर्नेहरुले भ्रम छर्ने गरेको प्रधानमन्त्री ओलीको जिकिर थियो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ सालयता मुलुकमा आमुल परिवर्तनको काम शुरु भएपनि त्यो पर्याप्त नभएको पनि बताए ।

उनले मुलुकमा कृषि क्षेत्रको आमुल परिवर्तन गर्नका लागि सरकारले ठोस कार्यक्रमका साथ अघि बढ्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘२०७२ सालभन्दा यताको अवधि भनेको तिब्रगतिका साथ देशलाई विकासको बाटोमा अगाडि बढाउन खोजिएको, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन खोजिएको अवधि हो । तर तपाई हामी सबैलाई थाहा छ–कस्ता कस्ता शक्ति कतितिरबाट लागेका छन । कति झुटको खेती गर्दछन् ।

कति बेइमानी कुराहरु फैल्याउछन । लाजसरम कति छोडन सक्छन, त्याग्न सक्छन् । तर पनि हामी एउटा ठूलो रिभोलुशन गरिराखेका छौं । तर रेभुलुशन पुगेको छैन । खासगरी कृषि क्षेत्रमा रेभुलुशन पुगेन । ’

प्रधानमन्त्री ओलीले २०५१ सालबाट एमालेले राष्ट्र निर्माणको अभियान सञ्चालन गरेको र अहिले समृद्धिको अभियानलाई तिब्रता दिएको समेत बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend