सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

रास्वपाका प्रमुख सचेतक र प्रधानमन्त्रीबीच भेटवार्ता

रास्वपाका प्रमुख सचेतक र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । रास्वपाका प्रमुख सचेतक परियारले मंगलबार बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।

यसअघि पनि रास्वपाका उपसभापति डीपी अर्याल लगायतले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

रास्वपा सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न रास्वपाले माग गर्दै आएको छ ।

रास्वपाले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै सरकारको आलोचना र आन्दोलन गर्दै आएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend