२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

रास्वपाका प्रमुख सचेतक र प्रधानमन्त्रीबीच भेटवार्ता

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । रास्वपाका प्रमुख सचेतक परियारले मंगलबार बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।

यसअघि पनि रास्वपाका उपसभापति डीपी अर्याल लगायतले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

रास्वपा सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न रास्वपाले माग गर्दै आएको छ ।

रास्वपाले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै सरकारको आलोचना र आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट