logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा

    युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा

    119
    Shares
    युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताएका छन् ।

    छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एशियाका राष्ट्रहरुहरुले युवाहरुलाई उनीहरुको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको बताए ।

    उनले युवाहरुलाई उत्पादन गर्ने क्षेत्रमा नविन आविष्कारसहितको उद्यमशिलतामा लगाउन नसके विदेशिने क्रम अझै बढ्ने बताए । उनले बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत युवाहरुलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउन आवश्यक भएको उल्लेख गरे । प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको पनि सभापति देउवाले बताए ।

    सभापति देउवाले भने, ‘विश्वको ६० प्रतिशत जनसंख्या रहेको साउथ एशियाका राष्ट्रहरुहरुले युवाहरुलाई उनीहरुको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको छ । यदि हामीले युवाहरुलाई उत्पादकत्व क्षेत्रमा नविन आविष्कार सहितको उद्यमशिलतामा लगाउन सकेनौँ भने अवसरको खोजीमा विदेशीने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ । बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत हामीले हाम्रा युवाहरुलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउनु नै महत्वपूर्ण छ ।

    प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको छ । जलवायु परिवर्तनले पारेको प्रभाव लगायत विषयलाई पनि मध्यनजर गर्दै सम्मेलनले मावन हितका सम्बन्धमा मार्गनिर्देशन गर्ने अपेक्षा गर्दछु ।’

    सभापति देउवाले जलवायुजन्य असरले पार्ने प्रभाव र दक्ष जनशक्ति प्रयोगका सम्बन्धमा सम्मेलनले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend