२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणी : नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल कांग्रेस–एमालेभित्र नै फरक धारणा आईरहेका बेला उनले त्यसलाई गिजोल्न गरी विवादमा तान्न नहुने बताएका हुन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको बताए । उनले नेपालले कुनैपनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पारे ।

उपमहासचिव ज्ञवालीले भने, ‘अरु देशका जेनुन इस्युहरुलाई, इन्टे्ष्टहरुलाई हार्म गर्दैन हाम्रा पोलिसीहरुले, हामीले लिने नीतिहरुले हाम्रा अरु छिमेकीहरु वा अरु देशहरुको आधारभुत हितलाई चुनौति खडा नगरुन्जेलसम्म अरुले चासो राख्नु उचित पनि होइन । र चासो राख्नुभयो भने सरी यो हाम्रो बाइलेटरल मामिला हो है, तपाईहरुले नेपाललाई विश्वास गर्नुस्, हामीले हाम्रा भूमि तपाईहरुको विरुद्ध प्रयोग हुन दिँदैनौं ।

हाम्रा कुनै पनि पोलिसीहरुले तपाईहरुलाई अफ्ठ्यारो पर्न दिँदैनौं । हामी कुनै एलाईन्समा जोडिएर तपाईहरुको हितलाई प्रतिकुल प्रभाव पार्दैनौँ । हामी हाम्रो राष्ट्रिय हितलाई ध्यानमा राखेर अगाडि बढ्ने हो । यो बाईलेटरल मामिला हो । यसमा कृपया हामीलाई ट्रष्ट गर्नुस् । हामीलाई डिल गर्न दिनुस् भनेर नै जानुपर्ने हुन्छ । जति जति हामी गिजोल्छौं, आन्तरिक मामिलामा विवादित हुन्छौं, त्यतित्यति अरुहरुको सरोकार बढ्दै जाने एउटा स्थिति हुन्छ । त्यस्तो गर्न दिनुहुन्न भन्ने मलाई लाग्छ ।’

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सो परियोजनालाई राष्ट्रिय सहमती जुटाएर मात्रै अघि बढाउन उपयुक्त हुने धारणा राखे । उनले सो परियोजनामा सत्तारुढ कांग्रेस–एमाले पनि साझा निष्कर्षका साथ अघि बढनुपर्ने आवश्यकता समेत औँल्याए ।

सांसद यादवले भने, ‘नेताहरु देशप्रति जिम्मेवार हुनुपर्छ । हाम्रो दुर्भाग्य के हो भने दुईतिर ठूला जनसंख्याको हिसावले, सामरिक महत्वले र आर्थिक रुपले । व्यक्तिगत लालचले हामी कसरी नजिक हुन्छौं भनेर उनीहरुसँग नजिक बन्ने क्रममा चाहे त्यो साउथ होस्, चाहे त्यो नर्थ होस् । हामी यहाँ उनीहरु भन्दा अगाडि यहाँ नेपाली खोज्न गाह्रो छ । हामी कोही चाईनिज भन्दा बढी चाईनिज भईदिन्छौं ।

कोही इण्डियन मन्दा बढी इण्डियन भईदिन्छौं । कोही वेष्ट भन्दा बढी वेष्ट भईदिन्छौं । त्यसैले पनि फेरि पनि बीआरआईको सवालमा राष्ट्रिय सहमती निर्माण गरेर त्यसमा काँग्रेस एमालेले एउटा साझा निष्कर्ष निकालोस् । र त्यसमा सिंगै मुलुकलाई अगाडि बढाउनुस् भन्ने निवेदन गर्दछु ।’

सांसद यादवले परराष्ट्र नीतिलाई अघि बढाउने सम्बन्धमा राजनीतिक दलका नेताहरु जिम्मेवार भएर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट