२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

पार्टीलाई गतिशिल बनाउन कांग्रेसको कोशी प्रदेश स्तरिय सभापतिहरुको भेला

शनिवार , मंसिर १५, २०८१

विराटनगर । पार्टीलाई थप संगठित बनाउन नेपाली कांग्रेसले नेपालभरीका ५ वटा महानगरपालिकाका महानगर सभापतिसहित कोशी प्रदेश स्तरिय भेला आयोजन गर्ने भएको छ ।

यहि मङसिर १८ गतेदेखि विराटनगरको जैनभवनमा आयोजना हुन लागेको दुइ दिने भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला सभापति, क्षेत्रिय सभापति तथा नगर सभापति सहित कोशी प्रदेसका १ सय ३७ वटै पालिकाका पार्टी सभापतिहरुको सहभागिता रहने छ ।

भेलाको मङसिर १८ गते दिउसो १ वजे विराटनगरको जैन भवनमा नेपाली कांग्रेसका वरिष्ठ नेता एंव सांसद डा शेखर कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको भेला आयोजक समितिका संयोजक दिपक चापागाइले बताए ।

आयोजक समितिले विराटनगरमा सनिबार पत्रकार सम्मेलनगर्दै नेपाली कांग्रेसको पालिका स्तरिय सभापतिहरुको सम्मेलनमा कोशी प्रदेशका पालिकाका पार्टी सभापति सहित विराटनगर महागनरपालिका ,काठमाण्डौ महानगरपालिका, पोखरा महानगरपालिका, विरगन्ज महानगरपालिका तथा ललितपुर महानगरपालिका महानगर सभापतिहरुको सहभागिता रहने जनाएको छ ।

भेलाको उद्घाटन शत्र विराटनगरमा हुने छभने दोश्रो दिनका वन्दशत्र मोरङको वेलवारीमा हुने छ । भेलालाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी, एनपी साउथ, डिना उपाध्याय, डा मिनेन्द्य्र रिजाल, गुरुराज घिमिरे तथा कोशी प्रदेसमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पार्टी सभापतिले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी सुद्धिढिकरणका लागी पार्टीको विधानका विषयमा पार्टी सभापतिहरुलाई जानकारी गराउन भेलाको दोश्रो दिन सहभागिहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

नेपाल जेसिजका पुर्व अध्यक्ष श्रीधर वस्यालले सहभागिहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यो भेलाको आयोजक समिति मोरङ जिल्लाको १७ वटै पालिकाका पार्टी सभापतिहरु रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । भेलामा ३ सयभन्दा वढिको सहभागित रहने आयोजक समितिले जनाएको छ । भेलामा आउने सहभागिहरुका लागि आवासका व्यवस्था गरिसकेको सो अवसरमा जनाइएको छ ।

भेला सम्पन्न गर्न ८ देखी ९ लाख रुपैया लाग्ने भएकाले सो रकम पार्टी भित्रैवाट श्रोत जुटाएको आयोजक समितिका संयोजक चपागाइले बताए । यो समग्र कांग्रेसका भेला भएकाले यसले पार्टीलाई थप संगठित वनाउने उनको दावी छ । उनले स्थायिन पर्यटन प्रवद्धनका लागि समेत जोड दिन सो भेला उत्तरी मोरङ सुन्दर नगरि वेलवारीमा समेत आयोजना गरिएको उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट