२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मतदान जारी, ४५ प्रतिशत मत खस्यो

आइतवार , मंसिर १६, २०८१

विराटनगर । मोरङको ग्रामथान गाउपालिकाको अध्यक्ष पदमा मतदान जारी रहदा ४५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपरान्ह २ बजेसम्म १२ हजार ६ सय ५४ मत खसेको छ जनाएको छ ।

ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।

आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ ।

मतदान केन्द्रहरूमा मतदाताहरू पुगिरहेका छन् । विहान केही सुस्त रहेको मतदानले अपरान्हतिर भने गति लिएको छ ।

धान काट्ने सिजन भएका कारण मतदाताहरूले घरमा पालो मिलाएर मतदान केन्द्रमा जाने गरेको बताएका छन् ।

ग्रामथान उपनिर्वाचनमा १५ वटा राजनीतिक दल र एक स्वतन्त्र गरी १६ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ