बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

०८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छ : अध्यक्ष लिङदेन

०८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन् ।

आईतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको बताए ।

उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताए । उनले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे । उनले नेपाली कांग्रेस-नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरु खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए । सरकारका प्रधानमन्त्री र मन्त्रीहरु चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताए ।

कांग्रेस-नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) उनीहरुकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै जनताले अब तीन वटै पार्टीलाई पूर्ण रुपमा चिनेको बताए ।

उनले भने, ‘हामीले आफ्नो क्रियाशिलता बढाउनुपर्ने समय आयो । हेर्नुस्, हामीले अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट हामीलाई छैन । अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ । पर्यो भने बीचमै, भएन भनेपनि ०८४ भन्दा त उता हामी जानै हुँदैन । ०८४ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्ने हो गर्ने हो । आज कांग्रेस, एमाले मिलेर बनेको सरकारको नेताहरु जनताको बीचमा जान सकिरहेका छैनन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा त प्रधानमन्त्री जहाँ गयो जनताले त्यहीँ मुर्दावाद भनिरहेका छन् ।

अब प्रधानमन्त्री, मन्त्रीहरुले आफूले चाहेको बेलामा, चाहेको ठाउँमा जानसक्ने परिस्थिति बनेको छैन भने देशले के खोजिरहेको छ, त्यो स्पष्ट छ । कांग्रेस, एमाले, माओवादी यो तहको अलोकप्रिय भए र यिनीहरुको क्रियाकलापबाट जनता पूर्ण रुपमा परिचित भए भने अब आउने दिनमा ०८४ को चुनावमा राप्रपा पहिलो पार्टी नभएर कुन चाहीँ पार्टी पहिलो हुन्छ त ल भन्नुस् त ।’

अध्यक्ष लिङदेनले राप्रपाले आफ्नो शक्ति चिन्न नसकेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend