२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कोशी प्रदेशको आठ स्थानमा भएको उपनिर्वाचनमा कहाँ कति मत खस्यो ?

आइतवार , मंसिर १६, २०८१

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतदान सकिएको छ । आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म भएको मतदान कोशी प्रदेशमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित प्रदेशका ८ ठाउँमा आइतबार उपनिर्वाचन भएको थियो । एक जना पालिका प्रमुख र बाँकी ७ जना वडाध्यक्षका लागि कोशीका ६ जिल्लामा मतदान भएको हो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकामा १८ हजार ५७७ मत खसेको छ । २६ हजार ४४ जना मतदाता रहेको ग्रामथानमा कूल ७१.३३ प्रतिशत मत खसेको छ ।

ग्रामथानमा राजनीतिक दलबाट १५ जना र स्वतन्त्र १ जना गरी १६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । ७ वटा वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो ।

वडाध्यक्षका लागि भएको मतदानमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा ८९१ अर्थात ५८.३१ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोग कोशी प्रदेश कार्यालयका प्रमुख चोलाराज दंगालले दिएको जानकारी अनुसार झापाको कनकाइ नगरपालिका–६ मा १५१३ (७३.५१ प्रतिशत), तेह्रथुमको लालिगुराँस नगरपालिका–८ मा ९२३ (६२.३२ प्रतिशत), सुनसरीको गढी गाउँपालिका–६ मा २६४५ (७३.०२ प्रतिशत) मत खसेको छ ।

यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा ७६८ (५७.९६ प्रतिशत), उदयपुरको त्रियुगा नगरपालिका–१२ मा २५२७ (६५.६८ प्रतिशत) र उदयपुरकै बेलका नगरपालिका–९ को वडाध्यक्षमा १८८५ मत अर्थात ६०.१० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ