२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल निर्वाचित

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल निर्वाचित भएका छन् । मतगणना अन्तिम परिणामअनुसार डंगोलले ५ हजार ३ सय ३४  मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो भएका छन्। सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिमा आएर तेस्रो भएका हुन् । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।

कीतिपुरमा आफ्नो क्षेत्र जोगाउन कांग्रेस सफल भएको छ ।यसअघि २०७९ मा भएको निर्वाचनमा कांग्रसका राजकुमार नकर्मी विजयी भएका थिए । उनको निधन भएपछि निर्वाचन भएको हो ।

कीर्तिपुरको उपचनुवलाई दलहरूले प्रतिष्ठाको विषय बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेसका उमेदवार नै निर्वाचित भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट