२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

सही ढंगले सहकारी ऐनको कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त : मन्त्री अधिकारी

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढंगले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘सहकारीको समसामयिक अड्चन र निकास’ विषयक प्रदेशस्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले सहकारी क्षेत्रमा काम गर्ने क्रमममा सरोकारवाला निकायहरु ऐनको कार्यान्वयन गरेर अगाडि नबढेकै कारण सहकारी क्षेत्रमा समस्या देखापरेको बताए । उनले सहकारी क्षेत्रमा कसरि जाने र ऐनको कार्यान्वयनको गरेर अगाडि बढ्ने कुरामा को कति प्रतिवद्ध छौं ? भनेर प्रश्न समेत गरे ।

उनले विगतमा भएका र देखिएका कमी,जोरीहरुलाई अब दोहोरिन नदिने गरी जानको लागि ऐन र काम गर्ने विधिहरु समयानुकुल बनाउनुपर्ने कुरामा जोड दिए ।

मन्त्री अधिकारीले भने, ‘सहकारी ऐन, २०७४ मा आयो । त्यो ऐन अन्तर्गत काम गर्ने सन्दर्भमा हामीले त्यो ऐनमा उल्लेखित विषयहरुलाई सँगै लिएर काम गरेको भए अहिले सहकारीमा यस्ता समस्याहरु आउँदैनथ्यो । ऐन उल्लङ्घनको कारणले अहिले यो समस्याहरु देखापर्यो । त्यसकारण हामी कसरि जाने र ऐनको कार्यान्वयनको गरेर अगाडि बढ्ने कुरामा कति प्रतिवद्ध छौं ? यदि त्यसरि अगाडि बढ्न सकेको अवस्थामा सहकारी सही कि गलत भन्ने छुट्टिन्छ भन्ने मलाई लाग्छ ।

विगतमा भएका र देखिएका कतिपय कमजोरीहरुलाई पनि अब नदोहोरिने गरी जानको लागि अब के गर्नुपर्छ भन्ने कुरा ख्याल गर्नुपर्दछ । सबै कुरा सधैंको लागि समाधान हुन्छ, अरु केही गर्नै पर्दैन भन्ने पनि होइन । काम गर्दै जाँदा भएका घटनाक्रमहरु र विकासक्रमहरुलाई मध्यनजर गर्दै समयसँगै हामीले काम गर्ने विधि र ऐनहरु पनि संशोधन गर्दै जानुपर्छ । अहिले सहकारीमा देखिएका समस्याबाट निकासका लागि समाधानको बाटो खोज्यौं भने पनि त्यो पर्याप्त हुँदैन । फेरि पछि गर्ने कामका प्रक्रियासँगै काूननहरु पनि परिमार्जन गर्दै जानुपर्दछ ।’

उनले बजारमा सहकारीसँग जोडिएका वित्तीय संस्थाहरु ठिक होइनन् भन्ने विश्लेषण बजारमा भइरहेको उल्लेख गर्दै उक्त भाष्यलाई गलत सावित गर्न सबै जिम्मेवार भएर लाग्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट