२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

प्रधानमन्त्री ओली र सिपिसी अध्यक्ष लेजीबीच भेटवार्ता

मंगलवार , मंसिर १८, २०८१

बेइजिङ (चीन) । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो ।

साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सिपिसीका गतिविधि एवम् राजनीतिक आदानप्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्यका विषयमा पनि परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो ।

प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो अपराह्न यहाँ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट