२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण भइसके : मन्त्री चौरसिया

मंगलवार , मंसिर १८, २०८१

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश कानुनहरू निर्माण भइसकेको बताएका छन् ।

मंगलबार कानुन निर्माण तथा संसदीय निगरानीमा समितिहरूको प्रभावकारिता लगायतका सम्बन्धमा संसदीय समितिका सभापतिहरू, सभामुख र उपसभामुखको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री चौरसियाले नेपालको संविधान, २०७२ जारी भइसकेपछि हालसम्म २०५ वटा कानुन निर्माण भइसकेको बताए । उनले विभिन्न मितिमा जारी भएको केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक पर्ने ऐन र कानुनहरू समेत संविधान अनुकूल बनाउने काम सम्पन्न भएको बताए ।

मन्त्री चौरसियाले विद्यालय शिक्षासम्बन्धी विधेयक, संघीय निजामती सेवा सम्बन्धी विधेयक लगायतका २५ वटा विधेयकहरू हाल संसदमा छलफलकै क्रममा रहेको समेत जानकारी दिए ।

त्यसैगरी, नेपाल प्रहरी सम्बन्धी विधेयक, सशस्त्र प्रहरी बल सम्बन्धी विधेयक, पर्यटनसम्बन्धी विधेयक, सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयक, पानी जहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू संघीय संसदमा पेस हुने चरणमा रहेको उनको भनाइ छ ।

निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक तथा संक्रात्मक पशु रोग नियन्त्रण गर्न बनेको विधेयक लगायतका ११ वटा विधेयकहरू कानुन मन्त्रालयमा सहमतिका क्रममा रहेको समेत उनले उल्लेख गरे ।

मन्त्री चौरसियाले कानुनी सहायतालाई प्रभावकारी रूपमा अगाडि बढाउन एकीकृत कानुनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्ने काम लागिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट