२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

उपनिर्वाचनले तेस्रोबाट दोस्रोमा बढुवा गरेपछि माओवादीमा उत्साह

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा उत्साहजनक सफलता प्राप्त गरेपछि नेकपा माओवादी केन्द्र उत्साहित  बनेको छ ।

गत निर्वाचन विभिन्न दलसँग गठबन्धन गर्दा पनि तेस्रो रहेकोमा  अहिलेको स्थानीय तह उपनिर्वाचनमा एक्लै लड्दा दोस्रोमा बढुवा भएपछि माओवादी एक्लै चुनाव लड्न सक्दैन, अस्तित्वको लडाईमा छ जस्ता भाष्यलाई उपनिर्वाचनको परिणामले  खण्डन गरेको छ । जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसावले  पार्टीले उत्साहजनक सफलता हासिल  गरेको भन्दै माओवादीका नेता कार्यकर्तामा उत्साह बढेको छ।

माओवादी केन्द्रले उपनिर्वाचनमा पाएको परिणाम हेर्दा आफ्नो जनमत सुधार गरेको  प्रतिस्पर्धी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले समेत स्वीकार गरेका छन्।

माओवादी केन्द्रले गत निर्वाचनमा आफुले जितेका सबै स्थानलाई सुरक्षित गर्दै उपचुनावबाट १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको छ।

लोकप्रिय मतमा पनि पहिलो देखिएको माओवादी केन्द्रले समग्रमा एक पालिका अध्यक्ष, तीन उपाध्यक्ष र एक वडामा निर्विरोध सहित ७ वडाध्यक्ष पद जितेको छ ।

२०७९ को निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा फराकिलो अन्तरसहित जित निकालेको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका विजयकुमार सरदारले जम्मा २ हजार ७२७ मत पाएकोमा अहिले ४२२४ मत थप गरेर ६ हजार ९६९ मत प्राप्त गर्दै नमोनारायण माझी विजयी भए ।

त्यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद जितेकी माओवादी केन्द्रकी उमेद्वार देवका लामिछानेले प्रमुख प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार इन्द्रा चन्द सिंहलाई १ हजार १ सय २५ मतको मतान्तरले पछाडी पार्दै ४ हजार २ सय ७२ मत ल्याएर उपप्रमख बनिन्।

दुई गाउपालिका उपाध्यक्षमा जितेको माओवादी केन्द्र, हुम्लाको सार्केगाड गाउँपालिका उपाध्यक्षमा देवकी तिमल्सिना एक हजार ६ सय ३६ मतसहित र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नरपुरा बुढा तीन हजार ६२७ मतसहित निर्वाचित बनेकी छिन् ।

७ वटा वडामा अध्यक्ष जितेको माओवादी केन्द्रले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा जगत घर्ती निर्विरोध र ककनी गाउपालिका वडा नम्बर २ नुवाकोटमा कृष्ण घिमिरे विजयी भए । त्यसैगरी नविनकुमार वान्तवा राई त्रियुगा नगरपालिका १२, डोल्पाको त्रिपुरासुन्दरी नगरपलिका ५ मा नरबहादुर झाँक्री, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा सुनिल कापर केवट, गोरखाको गोरखा नगरपलिका ५ मा विष्णुबहादुर मगर र उदयपुरको बेलका नगरपालिका– ९ मा माओवादीका भरत घिमिरे विजयी भएका छन् ।

उपनिर्वाचनमा एक्लाएक्लै मैदानमा उत्रिएका दलहरुको समग्र मत परिणाम हेर्दा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट