बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

प्रम ओली पेकिङ विश्वविद्यालयमा बेइजिङ, चीन १९ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा बुधबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । सो कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाली एवं चिनियाँ प्रतिनिधिको उपस्थिति रहेको छ । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् ।

यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियोे ।

प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend