logo

२०८१ मंसिर १९ बुधबार

logo
  • बुधबार, १९ मंसिर २०८१
  • उपनिर्वाचनको परिणाम सकारात्मक : महामन्त्री शर्मा

    उपनिर्वाचनको परिणाम सकारात्मक : महामन्त्री शर्मा

    357
    Shares
    उपनिर्वाचनको परिणाम सकारात्मक : महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

    महामन्त्री शर्माले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रुपमा लिएको बताएका हुन् । उनले लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि मतदाताको उत्साहजनक सहभागिता, राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रति जनताका विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरुलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा बुझेको बताए ।

    पार्टीले उपनिर्वाचनको प्रारम्भिक समिक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? भन्ने विषयमा पार्टी सचिवालय गम्भिर समिक्षामा लागेको बताए । उपनिर्वाचन भएका ४४ स्थानमध्ये १९ स्थानको नतिजा आफ्नो पक्षमा आएको उल्लेख गर्दै उनले एक्लै लडेर प्राप्त गरेको गुणात्मक मत अझै महत्वपूर्ण भएको बताए ।

    महामन्त्री शर्माले पार्टीको महासमिति बैठकबाट एक्लै चुनाव लड्ने प्रस्ताव पारित गरेको भएपनि केही ठाउँहरुमा आत्मियताका आधारमा मिलेर जानु स्वाभाविक भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend