सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नबिल ‘एसएसई फेलोशिप’ कार्यक्रमको चौथो संस्करण सुरु, नवीनतम सोच भएका २० युवा छनोट

नबिल ‘एसएसई फेलोशिप’ कार्यक्रमको चौथो संस्करण सुरु, नवीनतम सोच भएका २० युवा छनोट

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप (एसएसई फेलोशिप) कार्यक्रमको चौथो संस्करण सुरु गरेको छ । बैंकको यस नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमबाट १ हजार २ सयले रोजगारी पाएका छन् ।

बैंकले इन्टरप्रेनरसिप सन् २०२१ देखि सामाजिक उद्यमशीलताको कार्यक्रम सुरु गरेको थियो । कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।

यसका लागि सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका २० जना युवाहरुलाई यस संस्करणमा सहभागी गराइएको छ । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा थालिएको यस कार्यक्रमबाट ५६ जना नव उद्यमी भएका छन् । यी उद्योमीहरुले १ हजार २ सयलाई रोजगारी दिएका हुन् ।

बैंकले चौथो ब्याचको कार्यक्रमका लागि गत साउनमा आवेदन खुल्ला गरेको थियो । बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निःशुल्क तालिम यस कार्यक्रम मार्फत दिने गरेको छ ।

नव उद्यमीहरुले उत्पादन गरेको सामाग्रीको उत्पादनदेखी बजारीकरणसम्म बैंकले सहयोग गर्दै आइरहेको छ । यो कोर्ष ६ महिनाको रहेको बैंकले जनाएको छ ।

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले फेलोसिप २०७८ बाट सुरु भएको बताए । उनले हालसम्म ३ वटा व्याचको फेलोसिप सकिएको र यसबाट १ हजार २ सयले प्रत्यक्ष रोजगारी पाएको बताए ।

साथै, उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भएको ‘नबिल एसएसई फेलोशिप’ कार्यक्रमले आफुहरुलाई गर्व महसुस भएको बताए ।

त्यस्तै, नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले दिगो बैंकिङको लक्ष्यअनुसार फेलोसिप गरिएको बताए । उनले बैंकको काम पैसा राख्ने र झिक्ने मात्रै भनेर बुझाइ रहेको बेला नबिलले सिप सिकाएर रोजगारी सिर्जना गरेको बताए ।

यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरुको दिगो उपयोग गरि रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत सहयोग पुगेको बैंकले जनाएको छ ।

उद्यमीहरुको कार्यलाई स्थानीय सरकार तथा विभिन्न संस्थाहरुबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्व अझै थप बढेको बैंकको भनाई छ ।

नबिल बैंकले हाल २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। नवीनतम सेवाहरूको शुरूवात गर्दै आएको यस बैंकलाई नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend