२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नबिल ‘एसएसई फेलोशिप’ कार्यक्रमको चौथो संस्करण सुरु, नवीनतम सोच भएका २० युवा छनोट

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप (एसएसई फेलोशिप) कार्यक्रमको चौथो संस्करण सुरु गरेको छ । बैंकको यस नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमबाट १ हजार २ सयले रोजगारी पाएका छन् ।

बैंकले इन्टरप्रेनरसिप सन् २०२१ देखि सामाजिक उद्यमशीलताको कार्यक्रम सुरु गरेको थियो । कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।

यसका लागि सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका २० जना युवाहरुलाई यस संस्करणमा सहभागी गराइएको छ । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा थालिएको यस कार्यक्रमबाट ५६ जना नव उद्यमी भएका छन् । यी उद्योमीहरुले १ हजार २ सयलाई रोजगारी दिएका हुन् ।

बैंकले चौथो ब्याचको कार्यक्रमका लागि गत साउनमा आवेदन खुल्ला गरेको थियो । बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निःशुल्क तालिम यस कार्यक्रम मार्फत दिने गरेको छ ।

नव उद्यमीहरुले उत्पादन गरेको सामाग्रीको उत्पादनदेखी बजारीकरणसम्म बैंकले सहयोग गर्दै आइरहेको छ । यो कोर्ष ६ महिनाको रहेको बैंकले जनाएको छ ।

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले फेलोसिप २०७८ बाट सुरु भएको बताए । उनले हालसम्म ३ वटा व्याचको फेलोसिप सकिएको र यसबाट १ हजार २ सयले प्रत्यक्ष रोजगारी पाएको बताए ।

साथै, उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भएको ‘नबिल एसएसई फेलोशिप’ कार्यक्रमले आफुहरुलाई गर्व महसुस भएको बताए ।

त्यस्तै, नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले दिगो बैंकिङको लक्ष्यअनुसार फेलोसिप गरिएको बताए । उनले बैंकको काम पैसा राख्ने र झिक्ने मात्रै भनेर बुझाइ रहेको बेला नबिलले सिप सिकाएर रोजगारी सिर्जना गरेको बताए ।

यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरुको दिगो उपयोग गरि रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत सहयोग पुगेको बैंकले जनाएको छ ।

उद्यमीहरुको कार्यलाई स्थानीय सरकार तथा विभिन्न संस्थाहरुबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्व अझै थप बढेको बैंकको भनाई छ ।

नबिल बैंकले हाल २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। नवीनतम सेवाहरूको शुरूवात गर्दै आएको यस बैंकलाई नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट