२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं गुर्खाजबाट जनकपुर बोल्ट्सले पायो जितका लागि १०२ रनको सामान्य लक्ष्य

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिनमा जनकपुर बोल्ट्सले जितका लागि १०२ रनको सामान्य लक्ष्य पाएको छ । जनकपुरसँग काठमाडौं गुर्खाज १०१ रनमै अलआउट भएको हो ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं जनकपुरसँग १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भयो ।

काठमाडौंका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए ।

त्यस्तै, बलिङमा जनकपुरका ललितले ३ विकेट लिए । शेर मल्लले ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट