काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेलअघि नै प्लेअफमा पुग्ने पक्का भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको थियो । जनकपुरले मात्रै ५ विकेटको क्षतिमा १६ औं ओभरको अन्तिम बल अघि नै लक्ष्य पूरा गर्यो ।
जनकपुरका हर्ष थाकेरले अविजित २५ रन बनाउँदा मोहम्मद महसिनले टनआउट १३ रन बनाए । लाहिरु मिलान्था १६ रनमा र आसिफ शेख २ रनमै आउट भएका थिए । अनिल साह ११ रन, शुभ कंसकार ५ रन र जेम्स निशम २७ रनको योगदान गर्दै आउट भए ।
काठमाडौंका लागि करण केसीले २ विकेट लिए । शहाव आलम, दीपे कंडेल र जेर्रार्ड इरास्मसले एक-एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं जनकपुरसँग १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भयो ।
काठमाडौंका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए ।
त्यस्तै, बलिङमा जनकपुरका ललितले ३ विकेट लिए । शेर मल्लले ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।