२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

लुम्बिनी लायन्ससँग कर्णाली याक्स ५ रनले विजयी

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले पराजय व्यहोरेको छ । यसले कर्णाली याक्सको प्लेअफ सम्भावना बलियो भएको छ ।

आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनले हार बेहोरेको हो ।

कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ र कप्तान रोहित पौडेलले १० रन बनाए । तोम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान दिए ।

सोमपाल कामी एक मेडनसहित २४ रन खचिएर १ विकेट लिए । नन्दन यादव १ र बिपिन शर्माले पनि समान एक विकेट हात पारे ।

त्यस्तै, जिशन मक्सुदले २ र विलियम बसिस्टोले एक विकेट लिए ।

एनपिएल अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।

कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधि ४४ रन जोडे । अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए ।

लुम्बिनीका लागि वकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट