
काठमाडौं । नेपाल प्रिमियर लिगको अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले पराजय व्यहोरेको छ । यसले कर्णाली याक्सको प्लेअफ सम्भावना बलियो भएको छ ।
आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनले हार बेहोरेको हो ।
कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ र कप्तान रोहित पौडेलले १० रन बनाए । तोम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान दिए ।
सोमपाल कामी एक मेडनसहित २४ रन खचिएर १ विकेट लिए । नन्दन यादव १ र बिपिन शर्माले पनि समान एक विकेट हात पारे ।
त्यस्तै, जिशन मक्सुदले २ र विलियम बसिस्टोले एक विकेट लिए ।
एनपिएल अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।
कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधि ४४ रन जोडे । अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए ।
लुम्बिनीका लागि वकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १/१ विकेट लिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend