
काठमाडौँ । नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किङ्सले १८२ रनको चुनौती दिएको छ । आज भएको दास्रो खेलमा चितवनलाई जितका लागि विराटनगरले १८२ रनको लक्ष्य दिएको हो ।
शुक्रबारको दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रनको योगफल तयार पारेको हो ।
बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । मार्टिन गप्टील र बसिर अहमदले ६५ रनको साझेदारी गरे । ओपनर मार्टिल गप्टील ४५ रन बनाए । लोकेश बम र स्कट इडवार्ड शुन्य रनमा नै आउट भए ।
बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा ४० रन खर्चर २ विकेट लिए । सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १-१ विकेट लिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend