२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवनलाई विराटनगरले दियो जितका लागि १८२ रनको चुनौती

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किङ्सले १८२ रनको चुनौती दिएको छ । आज भएको दास्रो खेलमा चितवनलाई जितका लागि विराटनगरले १८२ रनको लक्ष्य दिएको हो ।

शुक्रबारको दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रनको योगफल तयार पारेको हो ।

बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । मार्टिन गप्टील र बसिर अहमदले ६५ रनको साझेदारी गरे । ओपनर मार्टिल गप्टील ४५ रन बनाए । लोकेश बम र स्कट इडवार्ड शुन्य रनमा नै आउट भए ।

बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा ४० रन खर्चर २ विकेट लिए । सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट