शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

चितवनलाई फराकिलो अन्तरले हराउँदै एनपीएलमा विराटनगरको दोस्रो जित

चितवनलाई फराकिलो अन्तरले हराउँदै एनपीएलमा विराटनगरको दोस्रो जित

काठमाडौं । विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

एनपीएलमा विराटनगर किंग्सको दोस्रो जितले चितवन राइनोजको प्लेअफ यात्रामा धक्का लागेको छ । शुक्रबारको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गर्दै एनपीएलमा दोस्रो जित निकालेको हो ।

शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले छैटौँ खेलमा दोस्रो जित निकाल्दै अंक तालिकामा चार अंक बनाएको छ ।

विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पछि पर्यो । टस जितेर आज विराटनगरले ब्याटिङ रोजेको थियो ।

चितवनका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ४२ रन बनाए ।

यसैगरी ओपनर सन्तोष कार्कीले २५ बलमा २८, कप्तान कुशल मल्लले २५ बलमा २५ र रवि बोपाराले २४ बलमा २० रन बनाए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रनको योगफल तयार पारेको हो ।

बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । मार्टिन गप्टील र बसिर अहमदले ६५ रनको साझेदारी गरे । ओपनर मार्टिल गप्टील ४५ रन बनाए । लोकेश बम र स्कट इडवार्ड शुन्य रनमा नै आउट भए ।

बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा ४० रन खर्चर २ विकेट लिए । सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १-१ विकेट लिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend