२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जितपछि विराटनगरका बसिर भन्छन् : क्याच छोडेपछि लामो इनिङ खेल्ने विश्वास पलायो

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । विराटनगर किङ्सको जितमा अलराउण्डर प्रदर्शन गरेका बसिर अहमदले अघिल्लो खेलमा हारेकाले आज धेरै राम्रो गर्छु भनेर खेलेको बताएका छन् ।

चितवन राइनोजविरुद्ध जित निकालेपछि विराटनगरका बसिरले शुरुमा नै विकेट गएकाले ठूलो स्कोर बन्छ भन्ने नलागे पनि समय लिएर खेल्ने उद्देश्य रहेको उल्लेख गरे ।

उनले काठमाडौं गुर्खाजविरुद्धको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित खल्ने बताएका छन् । आफ्नो क्याच छोडे पनि आज लामो इनिङ खेल्छु भन्ने विश्वास पलाएको उल्लेख गरे । उनले आजको खेललाई आफ्नो करियरका खेलमध्ये राम्रो बन्न सकिने बताए ।

चितवन राइनोजका रिजन ढकालले पहिलो इनिङदेखि खेलपछि परेको उल्लेख गरेका छन् । बलिङ गर्दा राम्रो शुरुवात दिलाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको उनको भनाइ छ । उनले यी हारका बाबजुद पनि प्लेअफ सम्भावना रहेको उल्लेख गरेका छन् ।

उनले बसिरको क्याच छोड्नु नै टर्निङ पोइन्ट रहेको बताए । नेपाली खेलाडीहरूले आफ्नो जिम्मेवारी अनुरूप पनि नखेल्दा पछाडि परेको रिजनको बुझाइ छ । टिमको जित नभएसम्म आफ्नो प्रदर्शनबाट सन्तुष्ट नहुने उल्लेख गरेका छन् । अन्तिम खेलमा जित्नका लागि आपूmले धेरै मिहिनत गर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट