२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

संसदीय अभ्यासमा ध्वंसात्मक नभई रचनात्मक आलोचना गरौं : अध्यक्ष दाहाल

सोमवार , पौष १, २०८१

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय अभ्यासमा आलोचना गर्दा ध्वंसात्मक नभई रचनात्मक आलोचना गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले संसदमै कतिपय सांसद एवं सचिवालयका पदाधिकारीहरुले गर्ने आलोचनाहरुमा रचनात्मकताको कमी देखिने गरेको बताए ।

सबैले नियतवस ध्वंस फैलाउने गतिविधि गरेको कानून आकर्षित हुने बताए । उनले संसदीय पत्रकारहरुले पनि सकारात्मक सन्देश दिने खालका समाचारहरु संपेषण गर्न जरुरी रहेको बताए । उनले समाचारबाट नकारात्मक सन्देश गएको खण्डमा ध्वंसात्मक स्थिति सिर्जन हुने भएकाले यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताए ।

उनले भने, ‘संसदीय हाम्रो चेत भनेको आलोचनात्मक चेत नै हो । आलोचनात्मक चेतबाट नै हामीले सोच्नुपर्ने हुन्छ । तर त्यो आलोचना रचनात्मक हुनुपर्दछ । ध्वंसात्मक हुने खालको हुनु हुँदैन । संसदमै यस्तो भएको पाइँदैन । संसदमा माननीयले अथवा पदाधिकारीहरुले गर्ने काममा कमिकमजोरी तथा अपुगता देखिन्छ ।

नियतमै खराबी छ भने त त्यसको लागि छुट्टै बहस होला । तरपनि कतिपय विषयवस्तुहरु अपुगताका कारणले पैदा भएका विषयवस्तुलाई रचनात्मक ढंगले दिनुपर्छ भन्ने मलाई लाग्छ । तपाईंहरुले दिने समाचारलाई पनि सकारात्मक ढंगले दिनुभयो भने सकारात्मक सन्देश जाने र त्यो अलिकति पनि नकारात्मक गएको अवस्थामा ध्वंसात्मक हुने स्थितिबाट हामी सचेत बनौं, यो मेरो अपिल हो ।’

संसद सेवालाई अझै प्रभावकारी बनाउन सरोकारवाला सबैले सक्रियताका साथ काम गर्न जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट