२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

व्यवसायीहरु भन्छन्ः नयाँनयाँ प्रविधि विकासका लागि नेपालको बजार राम्रो छ

शनिवार , पौष ६, २०८१

काठमाडौं । प्रविधिहरुको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ बाट अवलोकनकर्ता र व्यवसायीहरु उत्साहित भएका छन् ।

शुक्रबारबाट शुरु भएको एक्स्पोमा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थितिसँगै व्यवसायीहरु उत्साहित भएका हुन् । मेलामा सहभागी अवलोकनकर्ताहरु पनि मेलामा एकै छानामुनि पाइने र जानकारी लिन अन्त धाइरहनु नपर्ने भएकाले सहज भएको बताउँछन् ।

नयाँनयाँ प्रविधिको जानकारी एकै ठाउँमा पाइएकोले पनि यस्ता मेलाहरु भइरहनुपर्ने उनीहरुको भनाइ छ । यस्ता मेलाले नेपालको अर्थतन्त्र चलायमान बनाउनुका साथै बजार पनि बिस्तार गर्न मद्दत पुग्ने व्यवसायीहरुको भनाइ छ ।

औषधि व्यवसायी शुभमन श्रेष्ठले यस्ता मेलाहरुले स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दा पुग्ने र विदेश जानुपर्ने बाध्यता हटाउने बताए । उनले मेला नयाँ नयाँ प्रविधिहरुसँग जोड्ने र नेपालमै बसेर आर्थिक पक्ष सबल बनाउन महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘कामको लागि विदेश जाने कुरा जुन हाबी भइरहेको छ, त्यसलाई निरुत्साहित गर्ने, जनतालाई नयाँ प्रविधिसँग जोड्ने र नेपालमै बसेर आफ्नो जीवन आर्थिक पक्षबाट गराउन महत्वपूर्ण छ । नेपाल सरकारबाटै यस्ता कुराहरु हुनुपर्दथ्यो । यो मेलाले स्वरोजगार बन्ने बाटो खोलिदिन्छ । युवाहरुलाई यसमा अवसर दिनसके नेपालमै हामीले धेरै केही गर्नसक्छौँ ।’

त्यस्तै सान हर्बल प्रोडक्ट कम्पनीका सञ्चालक पुष्कर पोखरेलले सबैकुरा एकै ठाउँबाट जानकारी लिन सकिने भएकाले मेला महत्वपूर्ण भएको बताए । उनले यस्ता मेलाहरु फाइदाजनक रहेको बताए ।

उनले भने, ‘सबैकुराहरु एकै ठाउँमा जानकारी पाउन सकिन्छ, यस्ता मेलाहरुमा । धेरै नै फाइदाजनक छ ।’

मेलामा नयाँ प्रविधि, नयाँ उत्पादनहरु र इण्डस्ट्रियल कन्सेप्टहरुको बारेमा धेरै जानकारी पाएको बताए । विगतको भन्दा नयाँ इक्वीपमेण्टहरु डेभलप भएको बताए । उनले यस्ता खालका मेलाहरु आयोजना भइरहँदा अर्थतन्त्र थप चलायमान बनाउने बताए ।

उनले भने, ‘नयाँ टेक्नोलोजी, नयाँ प्रोडक्टहरु नयाँ इण्डस्ट्रियल कन्सेप्टहरुको बारेमा जानकारी मिल्छ । नयाँ टेक्नोलोजीहरु देख्न पाइएको छ, खुशी लागेको छ । नयाँ इक्वीपमेण्टहरु डेभलप भएको पाइयो । यस्ता खालका मेलाहरु आयोजना भइरहनुपर्छ । यसले फाइनान्सियल मुभमेण्टहरु बढाउँछ ।’

नेपाल मुद्रण उद्योग महासंघका प्रथम उपाध्यक्ष अरुण सापकोटाले यस्ता मेलाहरु नयाँ प्रविधिहरुको बारेमा जानकारी पाइने महत्वपूर्ण हुने बताए । यस्ता एक्स्पोलाई सरकारले पनि सहयोग गर्नुपर्ने बताए । यस्ता मेलाहरुले स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बन्ने बताए ।

उनले भने, ‘यो एक्स्पो नेपालमा तीन, चार वर्ष भइसक्यो । बाहिर गएर खर्च गर्ने पैसाहरु यहीँ देख्न पाइन्छ, टेक्नोलोजी । यस्ता एक्स्पोमा सरकारले पनि सहयोग गर्नुपर्छ । हामी व्यवसायी गर्नेलाई प्रत्यक्ष मेसिनरीहरु लाइभमा हेर्न पाइयो र मिसिनरीको विकासलाई आत्मसाथ गर्न पाइयो । स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बन्छ ।’

फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिका निर्देशक नवित गुप्ताले सबै कुराको जानकारी एकै ठाउँमा पाइने भएकाले मेला महत्पवपूर्ण रहेको बताए । उनले नेपालमा यस्ता मेलाहरु सञ्चालन हुँदा भारतीय कम्पनीहरुलाई बजार बिस्तार गर्न सहज हुने बताए ।

उनले भारतीय कम्पनीहरु विश्वव्यापी रुपमा प्रतिष्पर्धा गरिरहेको अवस्थामा यस्ता मेलाहरुले बजारीकरणका लागि महत्वपूर्ण भुमिका खेलेको बताए ।

उनले भने, ‘सबै कुराहरु एकै ठाउँमा जानकारी पाउँदा धेरै नै राम्रो हुने गर्दछ । भारतीय कम्पनीहरुलाई नेपालमा बजार बिस्तारका लागि यस्ता मेलाहरु महत्वपूर्ण हुने गरेका छन् । भारतीय उद्योगहरु विश्वव्यापी रुपमा प्रतिष्पर्धा गरिरहेको छ, यस्ता मेलाहरुले राम्रो बजारीकरण गर्नेछ ।’

त्यस्तै भारतीय कम्पनी जेजे क्यान्सका सञ्चालक रोहित अग्रवालले नेपाल सानो देश भएपनि बजारको भविष्य राम्रो रहेको बताए ।

उनले भने, ‘नेपाल सानो देश भएपनि यसको बजार राम्रो छ । आगामी दिनमा प्रविधिको क्षेत्रमा राम्रो गर्नसक्छ । नेपालमा प्रिन्ट एण्ड प्याकेजिङहरुको बजार राम्रो छ ।’

व्यवसायीहरुले आगामी दिनमा प्रविधिको क्षेत्रमा नेपालले राम्रो गर्नसक्ने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट