२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

प्रधानमन्त्रीलाई संसदमा बोलाउनै आन्दोलन गर्नुपर्ने अवस्था आयो’ — हर्क राई

बुधवार , जेठ २७, २०८३

 काठमाडौ । श्रम सस्कृति पार्टीका अध्यक्ष एवम सासंद हर्कराज राई ले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्थामाथि प्रश्न उठाउँदै सम्बन्धित व्यक्तिले नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबारको संसदीय बैठकमा बोल्दै हर्कराज राई ले प्रधानमन्त्रीको अनुपस्थितिमा अरू मन्त्रीले जवाफ दिने अभ्यास न्यायसंगत र विधिसम्मत नभएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीले गरेको गल्ती वा उठेका प्रश्नको जवाफ सम्बन्धित व्यक्तिले नै दिनुपर्ने धारणा राखे।

‘हाम्रो माग प्रधानमन्त्री स्वयं संसदमा आउनुपर्छ भन्ने हो । लिखित वक्तव्य भए पनि उहाँकै हस्ताक्षरसहित आउनुपर्छ। एक जनाले गरेको कामको जवाफ अर्कोले दिने कुरा न्यायोचित हुँदैन,’ उनले भने ।

सांसद राईले देशमा संविधान असफल भएको हो वा कानुन कार्यान्वयन असफल भएको हो भन्ने गम्भीर प्रश्न उठेको बताए। “कसैले विधि मान्दैन, कसैले रीति मान्दैन, कसैले समाज नै मान्दैन। यहाँ प्रश्नमाथि प्रश्न मात्रै छन्, तर निचोडमा केही पुगेको छैन,” उनले संसदमा भने ।

उनले प्रधानमन्त्री पद संसदप्रति उत्तरदायी हुने कि नहुने भन्ने विषय स्पष्ट हुनुपर्नेमा जोड दिए। ‘संविधानका केही धारा मन लाग्दा मान्ने र मन नलाग्दा नमान्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। यसले हामी सबै संविधानको मर्मविपरीत दिशातर्फ गइरहेका छौं भन्ने देखाउँछ,’ उनको भनाइ थियो ।
बैठक सञ्चालन प्रक्रियाप्रति पनि असन्तुष्टि जनाउँदै उनले प्रधानमन्त्रीबाट जवाफ लिनका लागि सांसदहरूले अनावश्यक संघर्ष गर्नुपरेको गुनासो गरे। ‘११ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म पुग्यो, प्रधानमन्त्रीलाई एक मिनेट हिँडेर आएर जवाफ दिन लगाउन पनि यत्रो आन्दोलन गर्नुपर्ने अवस्था किन आयो ?” भन्दै उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट